Rashtriya Dainik

पृथ्वीचन्द्र अस्पतालका डाक्टरले विरामीलाई उपचार नगरी घर फरकाए

ज्ञानेश्वर सहानी / नवलपरासी / असार १६

पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका डाक्टर विवश पराजुलीले एक विरामीलाई उचार नगरी घर फरकाएका छन ।

जिल्ला स्थित रहेको पृथ्वीचन्द्र अस्पतालमा उचार गराउन जादा उपचार नगरी उल्टै विरामीलाई डाक्टरले दुर्यव्यवहार गरी घर फरकाएको विरामीले बताएका छन ।

विरामीका अनुसार पृथ्वीचन्द्र अस्पतालमा ओ.पि.डि.टिकट लिई १३ नं कोठामा नाक कान घामँटी रोग विशेषज्ञ डाक्टर संग उपचार गराउन एक जना संग कुरा गरी रहेको बेला पुग्दा तपाई अहिले बाहिर जानु रिसाएर भने पछि विरामी।

अस्पतालका अध्यक्ष महेन्द्र गुप्ता संग गुनासो गरेपछि उनले भने जानु डाक्टरले उपचार गर्छन मैले भने छु भने पछि उक्त डाक्टर संग उचार गराउन जादा उपचार गर्न छाडी उल्टै नाक कान घामँटी रोग विशेषज्ञ डाक्टर विवशले विरामीलाई थर्काएको विरामीले बताए ।

परासी सदरमुकाम स्थित पृथ्वीचन्द्र प्रादेशिक अस्पतालका डाक्टर विवश पराजुलीले विरामीलाई भने तिमी अध्यक्ष संग मेरो गुनासो गरे छौ भन्दै चेकजाँच(उपचार) नगरी विरामीलाई बाहिर निकाले पछि सर किन उपचार गर्नु हुन्न विरामीले भनेपछि बाहिर जाउ तिमीले जे जे गर्न मन लाग्छ गर भन्दै पृथ्वीचन्द्र अस्पतालका डाक्टर विवश पराजुलीले विरामीलाई उपचार नगरी घर पठाएको विरामीका अभिभावक रामकरन हरिजनले बताए ।
हरिजनले भने अस्पतालका अध्यक्ष महेन्द्र गुप्ताले विरामीलाई उपचार गर्न भने पनि नाक कान घाँटी विशेषज्ञ डाक्टर विवश पराजुलीले उपचार नगरी विरामी चेकजाँच गर्ने कार्यकक्षबाट बाहिर निकाली घर फरकाए ।

पृथ्वीचन्द्र अस्पतालका डाक्टरको लापरवाहिले गर्दा प्रत्येक वर्ष पृथ्वीचन्द्र अस्पताल भित्र विरामीहरुले ज्यान गुमाउदै आएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित