पश्चिम नवलपरासी । १६ असार हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आधा सिन्दुर सिरियल आउने भएको छ । समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर सिरियलमा एउटा काहानी हुन्छ । जसमा विधुवा हुन्छिन भने अर्को तर्फ श्रीमान श्रीमती र छोरी भएको अर्को परिवार हुन्छ । त्यस्तै अझै अर्को पनि परिवार हुन्छ जसमा सासु वुहारी र छोरा हुन्छन् । त्यस्तै त्यो समाजमा अर्को पनि परिवार हुन्छ । जमसा विदुवाको कारुणीक कथा समावेश गरिएको छ । समाजको समृद्धि र जनचेतना को लागी वनेको सिरियललाई समर्पित शुक्रले छायाङकन तथा निर्देशन गरेका छन् । रेश्मा विकको कथा लेखन रहेको सिरियललाई शिशिर र फेरसीले ब्यवस्थापन गरेका छन् । सिरियलमा समर्पित शुक्र, अन्जु माझी, शिशिर लक्की, सविना सदाशंकर, सरु खड्का सेर बहादुर लामा , रिता कार्कि, भावना कार्कि,राजेश मगर, मन्जु अधिकारी, दिब्य वस्नेत , केशव विक , कुसुम विक लगाएतको भुमिका रहने छ । त्यस्तै समर्पित सुक्रको सम्पादन तथा कोपिल आर के मगरको म्युजिक रहने सिरियलको भाग ८ मा शिखा मिडिया प्रा.लि द्धारा संचालित दर्पण पोष्टका अध्यक्ष विमल भट्टराई पनि सिरियलमा देखिने भएका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।