पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा न.४ स्थित मदन मनमोहन बालक्लबको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम आज सम्पन्न भएको छ। बालबालिकाहरुलाई ट्राफिक नियमबारे जानकारी गराइ सडक आरपार गर्दा अपनाइनु पर्ने सावधानीबारे जानकारी गराइएको बालक्लबले जानकारी गराएको छ।

जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीकी प्रमुख प्रहरी निरीक्षक प्रसिद्धिका कडेलले बालबालिकाहरुलाई प्रशिक्षण दिदै सहजीकरण गर्नुभएको थियो।सो अवसरमा प्रहरी निरीक्षक कडेलले बाल्य अवस्थामा नै ट्राफिक नियमको पालना र अपनाइनु पर्ने सावधानी बारे ज्ञान प्राप्त गर्न सकिए हुन सक्ने जोखिमबाट बच्न सकिने विचार व्यक्त गर्नुभयो। 
प्रहरी निरीक्षक कडेलले लागू औषध सेवन मुक्त समाज निर्माण गर्ने अभियानमा बालबालिका,अभिभावक लगायत सम्बन्धित सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने धारणा राख्नुभयो।
जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीले सुनवल नगरपालिका लगायत आसपासका ईलाकामा ट्राफिक नियमको पालना सम्बन्धि जनचेतनामूलक कार्यक्रमको माग भइ आएमा ट्राफिक कार्यालयले प्रशिक्षण कार्यक्रम गर्न तयार रहेकोे पनि बताएको छ।
पछिल्लो समय यता ट्राफिक नियमको अज्ञानताका कारण सवारी दुर्घटना बढेको र सो को न्यूनीकरणको लागि बाल क्लब र विद्यालय केन्द्रित रुपमा सचेतना गरिनु पर्ने ट्राफिक कार्यालयले जानकारी दिएको छ।
मदन मनमोहन बालक्लबका अध्यक्ष क्षितिज नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रममा ५० बालबालिकाहरुको सहभागिता रहेको थियो। “बालमैत्रीको स्थापना बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

