Rashtriya Dainik

चिकित्सा शिक्षा संघर्ष समितिले बुझायो १५ बुँदे ज्ञापन पत्र

काठमाडौं । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले चिकित्सा शिक्षा आयोगलाई ७ दिने अल्टिमेटम दिँदै १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

समितिले चार वर्ष निरन्तर राज्यका सबै अंगका ढोका चहारी रहँदा आश्वासन मात्र प्राप्त भएकोले बाध्यतावश संगठित भई १५ बुँदे ज्ञापन पत्र पेश गरेको जनाएकाे छ ।

समितिले स्तरोन्नतिको प्रतीक्षामा सास्ती भोगिरहेका शिक्षण संस्थाहरुको प्रक्रिया तुरुन्त सम्पन्न गर्न, स्वास्थ्य क्षेत्रका पेसाकर्मीहरुको रोजगारीको सुनिश्चितता गर्न माग गरेको छ ।

त्यस्तै, सरकारको खुला अर्थनीति तथा निजी सरकारी साझोदारीको नीति विपरीत हुनेगरी निजी शिक्षण संस्था र सामुदायिक वा राज्यबाट लगानी गरिएका शिक्षण संस्थाहरुमा ऐनको विभेदकारी प्रयोग बन्द गर्न पनि समितिले ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, केन्द्रीकृत प्रवेश परीक्षालाई कम्तीमा ७ प्रदेशमा विकेन्द्रीकरण गर्नुपर्ने समितिको ज्ञापन पत्रमा उल्लेख छ भने निजी शिक्षण संस्थाहरुको बिना कारण हटाइएको सिट संख्या यथावत राख्न पनि आवाज उठाएको छ ।

आफ्ना मागहरु ७ दिनभित्र पूरा नभए चरणवद्ध संघर्षका कार्यक्रमहरुका साथ अघि बढ्ने समितिले चेतावनी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित