Rashtriya Dainik

कृषि ज्ञान केन्द्र नवलपरासीद्वारा २०ओेैं राष्ट्रिय धान दिवस तथा राेपाई कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी, १५ असार

कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीको आयाेजनामा २०ओैं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न भएकाे छ ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्ताेष कुमार चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधि सधा सदस्य ध्रुव बहादुर प्रधानकाे प्रमुख आतिथ्यता एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल विशिष्ट आतिथ्यतामा धान दिवस मनाईएकाे छ ।

कार्यक्रममा किसानहरुले मल र उन्नत जातका बिउ विजन उपलब्ध नहुदा समस्या र उतपादनमा कमि भएकाे दु:ख पाेखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानले आफु किसानहरुकाे समस्याकाे लागि सधै लागि पर्ने र साथ सहयाेग समेत दिने बताउनुभयाे ।

त्यस्तै विशिष्ट अतिथि कण्डेलले किसानहरु समस्या दिनानुदिन बढ्दै गएकाे बताउदै समस्याकाे समाधान गर्न स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले केहि पहल नगरि कृषि प्रधान देश नारा र नाममा मात्र सिमित राखी नेताहरुकाे कुर्सी र पद बाडफाडमा पैसा सिध्याएकाे टिप्पणी समेत गरेका थिए ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालकाे किसानलाई सरकारले अविलम्ब मलकाे ब्यवस्थापन गर्नुपर्ने जाेड दिनुभएको थियो ।

कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्ताेष कुमार चाैधरीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगवती यादव ( रुदल ) प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,नवलपरासी उधाेग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,रामग्राम नगरपालिका उपप्रमुख सम्झना चाैधरी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित