पर्सा १५ असार
पर्साको जगरनाथपुर गाँउपालिकाले २० औं राष्ट्रिय धान दिवसमा दुई जना किसानलाई नगद रकम प्रदान गरि सम्मानित गरेको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार गाँउपालिकाको कृषि शाखाले आयोजना गरेको धान रोपाई कार्यक्रममा गाँउपालिकाले दुई जना किसानलाई जनही नगद ५/५ हजार रुपैयाँ प्रदान गरि सम्मानित गरेको हो ।
जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ हरपुर स्थित स्थानीय किसानको खेतमा आयोजित धान रोपाईं कार्यक्रममा गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवले किसानहरुसंगै धान राप्दै हरपुरकै एक महिला र एक पुरुष किसानलाई जनही ५ हजार रुपैयाँ प्रदान गरे ।
खेती गर्ने किसानहरुको आत्मबल बढाई प्रोत्साहित गर्ने उदेश्यले किसानलाई नगद रकम प्रदान गरि सम्मानित गरिएको अध्यक्ष यादवले बताए ।
कार्यक्रममा बोल्दै उनले कृषि प्रधान मुलुकमा वर्षेनी ३० अर्ब भन्दा बढि मुल्यको चामल मात्रै आयात गर्नुपर्ने अवस्था अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताए । नेपाललाई कम्तिमा पनि धान र चामलमा आत्मनिर्भर बनाउन सकिए किसानको जीवनस्तर उकासिने भन्दै उनले भने,‘ नयाँ बजेटमा हाम्रो पालिकाले कृषिलाई मुख्य प्राथमिकता दिएको छ , किसानलाई व्यसायिक खेतीका लागि प्रोत्साहित गर्छौ , मल , बीउ , सिंचाइ र उपजको बजार व्यवस्थापनको लागि पालिकाले योजना बनाएर काम गर्छ ।
गाँउपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको धान रोपाईं कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री , वडा नम्बर ३ का वडाअध्यक्ष सुवाष यादव , वडा नम्बर ४ का वडाअध्यक्ष प्रभु महत्तो नुनिया , कृषि शाखाका प्रमुख शत्रुधन चौरसिया , स्थानीय किसान , गाँउपालिकाका कर्मचारी लगायतकोपनि सहभागीता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

