उत्तमकुमार थापा
बझाङ जिल्लामा रहेको विरभद्रजङ्ग गुल्म पानकाेटमा बेमौसमी तरकारी खेति सम्वन्धि तालिम सम्पन्न भएको छ ।
पछिल्लो समय केही गर्नुपर्छ आत्मनिर्भर हुनुपर्छ भन्दै तरकारीमा आत्मनिर्भर हुनुपर्छ भन्दै सहिद बृशबहादुर सिँह बहुप्राविक शिक्षालय अठाला नाैँराकाे आयाेजनामा ६५ दिने तरकारी खेती सम्वन्धि तालिम सञ्चालन गरिएको हाे । तालिममा नेपाली सेनालाई आफै उत्पादन गर्दै ताजा खानु पर्छ भन्ने शन्दर्भमा गुल्ममा तालिम सञ्चालन गरिएको सहिद बृश बहादुर सिँह शिक्षालयका प्रमुख असल सुनुवारले बताउनु भयाे ।

६५ दिने तालिम विरभद्रजङ्ग गुल्म पडेसमा सञ्चालन भएको थियाे । जसमा नेपाली सेनालाई तालिम दिएकाे भएता पनि यसले जमाजमा राम्रो कामको सृजना भएको मेजर माधव खड्काले बताउनु भयाे । रैथाने बालिकाे सृजना गर्दै घरघरमा र सँघसस्थामा आफै ताजा तरकारी लगाएर खान पाउनु र यसरी व्यारेकमा तालिम दिएकोमा आफू निकै खुसि भएको मेजर खड्काले बताए ।
समापन कार्यक्रममा बझाङका सहायक प्रमुख जिल्ला अधिकारी,कृषि ज्ञानकेन्द्रका प्रमुख सहिद बृश बहादुर सिँह बहुप्राविक शिक्षालयका प्रमुख सहितको उपस्थितिमा तालिमको समापन गरिएको हाे । शिक्षालयले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेकाे छ । केही समय अगाडि जिल्ला समन्वयमा रैथाने बालिकाे प्रवधनका लागि महत्सव सहित लगाएकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

