Rashtriya Dainik

राममणि क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो

रुपन्देही/ १५ असार ।

विगत लामो समय देखी मणिग्राम रुपन्देहीमा अवस्थीत राममणि क्याम्पसमा कक्षा ११ र १२ तर्फ विज्ञान तथा व्यवस्थापन तर्फका कक्षाहरू संचालन भई रहेको छ।

१०० प्रतिशत नतीजा,उतिकृष्ट विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्तिको व्यवस्था,विज्ञान संकाय तर्फ अध्यनरत छात्राहरुलाई लुम्बिनी प्रदेश सरकारबाट मासिक १००० प्रदान गरिने, हरेके आन्तरिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरुस्कारको व्यवस्था,शान्त वातावरण,दक्ष तथा अनुभवि प्राध्यापकहरूबाट अध्यापन गराउने भएकोले यस क्याम्पसमा पढ्ने विद्यार्थीहरूको चाप बढ्दै गएको छ।

यस क्याम्पसमा देशका विभिन्न जिल्लाहरू रुपन्देही, नवलपरासी,कपिलवस्तु ,अर्घाखाँची, गुल्मी,पाल्पा संभाङ्‌जा तथा अन्य क्षेत्र विद्यार्थीहरू अध्ययनको लागि राममणिलाई आफनो गन्तव्य बनाएको यस क्याम्पसका प्रमाण पत्र तहको संयोजक अरुण सहानीले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित