Rashtriya Dainik

परासीबाट अबैधरुपमा भन्सार छली ल्याएको विभिन्न सामान नियन्त्रणमा

बिनोद निगम / नवलपरासी , १४ असार

ब्यापारीहरूले आफै भन्सार कडाईको माग गर्ने ब्यापारी आफै मगाउँछन् बिना भन्सारको सामान एकैदिन साढे ३ लाख बढीको सामान सहित मिएरसकाल पक्राउ ।

बिहीबार बिहान ८:१० बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं ६ स्थित पोखरापालीबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्र.स.नि. मान बहादुर खत्रीको कमाण्डमा खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको प्रहरीले जनाए ।

उक्त प्रहरी टोलीलाई देखेर मोटरसाइकलसहित सामान छोडी तस्करमा संलग्न ब्यक्ति फरार रहेको छन । तस्करले छोडेको मोटरसाइकलसहित सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय परासीमा राखेको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।

प्रहरीले नियन्त्रणमा लिईएको सामान हुक्का फ्लेबर ११९ थान अन्दाजी मुल्य रु.३ लाख २१ हजार ३ सय,काजु लगायत किराना सामान अन्दाजी मुल्य रु.२० हजार ८ सय लु ८१ प १६५६ नम्बरको मोटरसाइकल युपि ५६ ई १३२९, र युपि ५६ एक्स ७३७० नम्बरको मोटरसाइकलको अन्दाजी मुल्य रु. ४५ हजार, गरी जम्मा रु तीन लाख ८७ हजार १ सय रुपियाँ बराबरको रहेका छन ।

अवैध ओसारपसार गरी सामान ल्याउने कार्यमा संलग्न फरार ब्यक्तिहरुको सम्बन्धमा खोजतलास तथा अनुसन्धान भइरहेको पाण्डेयले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित