Rashtriya Dainik

पर्सा प्रहरीद्वारा लागूऔषध सहित भारतिय नागरिक पक्राऊ

वीरगंज १४ बिहिवार
पर्सा प्रहरीले लागू औषध सहित एक भारतिय कारोबारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईनार्वा चौकीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध १४७० पिस नाइट्राभेट ट्याबलेट सहित नियन्त्रण गरेको पर्सा प्रहरीले जनाएको छ।
वीरगंजको रजतज्यन्ती चौकबाट प्रहरी टोलीले भारतको रक्सौलबाट स्कासपदरुपमा पैदल हिडि वीरगन्ज तर्फ आउदै गरेको भारत बिहार राज्य मोतीहारीका अनिल भन्ने अनिस सिंहले बोकेको कालो व्याग भित्र लागू औषध
१४७० पिस न्याट्रोभेट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले पत्रकार सम्मेलन मार्फत बताउनुभयो ।
पक्राउ परेका सिंहलाई सम्मानिय अदालत ५ दिन म्याद थप लिई लागूऔषध सम्बन्ध कसूरमा मुद्दा चलाएको पर्सा प्रहरीका प्रमुख शाहले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित