आरपी उपध्याय /१५ असार
पुर्वी नवलपरासी अन्तर्गत दाउन्ने स्थित प्रहरी चेक पोस्टले चेकजाँचको क्रममा यात्रुबाहक बसको डिक्किबाट बिल नभएको रिचार्ज कार्ड सहित सिमकार्ड बरामद गरेको छ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना६ख१४८३ नम्बरको बस चेकजाँच गर्दा बिल नभएको अवैध सामाग्री सिमकार्ड र रिचार्ज कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभएको छ।
बसको डिक्किमा लुकाइ ल्याइएको अवस्थामा एनसेल कम्पनीको रिचार्ज कार्ड १५ हजार थान र सिमकार्ड १ हजार ५० थान बरामद गरि ईलाका प्रहरी कार्यालय दुम्किबास मार्फत त्रिवेणी भन्सार कार्यालयमा पठाइएको प्रहरीले बताएको छ।
प्रहरीले बरामद गरेको रिचार्ज कार्ड र सिमकार्ड सहितको कुल मुल्य २३ लाख ५ हजार ५ सय रहेको जनाइएको छ।

दाउन्ने चेकपोस्टमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर सिंहको कमान्डमा रहेको प्रहरी टोलिले उक्त सामाग्री बरामद गरेको थियो।
भारतमा उत्पादन हुने रिचार्ज कार्ड र सिमकार्ड नेपाल प्रवेश हुँदा वैधानिक ढङ्गबाट हुनुपर्नेमा सो नभइ चोरी निकासिको बाटोबाट ल्याइदा प्रहरीले नियन्त्रणमा लिइ भन्सारमा बुझाइएको पनि बताइएको छ।
यस सम्बन्धमा कर कार्यालय कावासोतिका अधिकृत रामहरि पन्ती सङ्ग प्रतिक्रिया लिदा अवैध रूपमा भारतबाट नेपाल ल्याइएको रिचार्ज र सिमकार्डलाई प्रक्रियागत रुपमा भन्सारले लिलाम प्रक्रिया अनुसार जानुपर्ने बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

