Rashtriya Dainik

स्थानीय निकायमा सञ्चारको भुमिका विषयक अन्तर संवाद कार्यक्रम

आरपी उपध्याय / नवलपरासी १४ असार

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा सुस्ता गाउँपालिकाको सहयोगमा स्थानीय निकायमा सञ्चारको भुमिका विषयक अन्तर संवाद कार्यक्रम सुस्ता १ नौडिहवामा बुधबार सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका शाखा सभापति हरि शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिकाको अध्यक्ष टेक नारायण उपाध्यायले असल कार्यको प्रशन्सा र गलत कार्यको खबरदारी गरिएमा जनप्रतिनिधि र राष्ट्र सेवकको मनोबल उच्च रहने बताउदै सुस्ता गाउँपालिकामा शिक्षा, स्वास्थ्य,विध्युत र कृषि कार्यलाई उच्च प्राथमिकतामा राखी विकास योजनालाई अगाडि बढाइएको जानकारी दिनुभयो। अध्यक्ष उपाध्यायले सुस्ता गाउँपालिकाको समग्र विकासको लागि सञ्चार जगतले खेलेको भुमिका प्रशन्सनिय रहेको धारणा राख्दै जनता सङ्ग कबोल गरेका कुरालाई पूरा गरेरै छोड्ने अठोट समेत गर्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले सुस्तामा सञ्चालन भैरहेको स्वास्थ्य,शिक्षा र कृषिको अवस्थाबारे जानकारी गराउदै सुस्ता ५ मा रहेको स्वास्थ्य चौकीलाई वर्थिङ सेन्टरको रुपमा सञ्चालन गर्ने कार्य भइरहेको जानकारी गराउदै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिणाममुखी बनाउन सबै पक्ष कृयाशिल रहनुपर्ने धारणा राख्नुभयो।
पौडेलले विकास निर्माण कार्यको अनुगमन गर्दा सञ्चारकर्मीलाई पनि अनुगमन कार्य दलमा सहभागी गराउने विचार व्यक्त गर्नुभयो।
अन्तर संवाद कार्यक्रममा महासंघकी जिल्ला उपाध्यक्ष मालती न्यौपाने,सुस्ता १ का वडा सदस्य गणेश प्रसाद उपाध्याय, पत्रकार महसंघका पुर्व शाखा सभापति केशव पराजुली,वरिष्ठ पत्रकार आर.पि.उपाध्याय लगायतले विकास निर्माणमा सञ्चार जगतको भुमिकाबारे प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा जिल्ला अन्तर्गतका ३५ पत्रकारहरुको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित