राजन कुमार बानिया
पर्सा १३ असार
पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादव हाजिर भई कार्यभार समालदै बुधबार एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कालिकामाई गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा अध्यक्ष बशिष्ट कुमार गुप्ताले फुलमाला लगाई स्वागत गरेको थियो। परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो 
प्रमुख प्रसाशकिय अधिकृत यादवलाई जनप्रतिनिधिहरु र कर्मचारी हरुले फुलमाला र अवीर लगाएर गाउँपालिकामा स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत यादवले कालिकामाई गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

