परासी १३ असार ।
पश्चिम नवलपरासीका पाल्हीनन्दन गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम जनप्रतिनिधि र कर्मचारीहरूकाे सहभगितामा मंगलवर सम्पन्न गरेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका १ देखी ६ नम्बर वडाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, पत्रकार र विद्यार्थी गरि करिव ६० जनाको उपस्थितिमा सुनुवाइ सम्पन्न भएको हो ।
कार्यक्रममा सराेकारवाला र स्थानीयबासीकाे सहभागीता हुनुपर्ने तर गाउँपालिकाले अध्यक्ष संग मिडिया सम्बाद र सर्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरूकाे मात्र सहभगितामा कार्यक्रम रहेका थिए ।
गाउँपालिकाले स्थानिय संस्था रामग्राम प्रेस क्लब परासीलाई अध्यक्षसंग मिडिया सम्बाद र सर्वजनिक सुनुवाई कार्यक्रम जिम्मा पाएकाे हाे ।
अध्यक्ष संग मिडिया सम्बाद र सर्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरूकाे मात्र सहभगितामा भएकाे कार्यक्रमकाे सामाजिक संन्जालमा गाउँपालिकाकाे निकै आलोचना भइरहेको छ ।
सामाजिक संन्जालमा सार्वजानिक सुनवाईमा आसन ग्रहण गर्नेको संख्या बढ़ी देखिन्छ तर फोटोमा स्थानीय आम नागरिकको उपस्थिति देखिदैन सभा कक्षा खालि मुकेश गुप्ताले भने ।
गाउँपालिकाका शिक्षा शाखामा कार्यरत अशाेक ठाकुरले लेखेका छन अध्यक्ष संग मिडिया सम्बाद र सर्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीताकाे अवस्था यस्तो छ हालेका छन ।
पालिका अध्यक्ष संग मिडिया सम्बाद कार्यक्रमकाे लागि आर्थिक वर्ष २०७९/८०काे पाँच लाख बजेट विनियोजन गाउँपालिकाले गरेकाे थियाे ।तर गाउँपालिकाकाे अध्यक्ष बैजुप्रसाद गुप्ताले २० हजारमा कार्यक्रम गरिएको हो बताए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले त्यस्तो नभई सराेकारवाला र राजनीतिक दलका प्रमुखहरूकाे पनि सहभागीता रहेकाे जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

