Rashtriya Dainik

छोराले गरे आफ्नै आमाको हत्या

संजय कुशवाहा / नवलपरासी १२ असार

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वाड न. १३ बिचैपुरका वर्ष २५ शिवकुमार मुसहरले ५० वर्षीया आफ्नै आमा बुद्धिरानी मुसहरको हत्या गरेका छन् ।

उनले सोमबार साझ टाउकोमा धारिलो हतियार प्रहार गरी आफ्नो आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । उनी हत्या गरेर शवलाई घरभित्र छाडेर फरार भएका थिए । उनको बुवा साँझ कामबाट घर फर्केदा घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए ।

यसअघि पनि अभियुक्त शिवकुमारले २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ ।

उनले दैनिक श्रीमतीलाई समेत कुटपिट गर्ने गरेको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाए । उनको कुटपिट सहन नसकी श्रीमती पनि दुई महिना अघिबाट माइतमा बस्दै आएको प्रहरीले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित