Rashtriya Dainik

वीरगंज महानगर उप-मेयर आलमद्वारा नारायणी अस्पतालमा स्वच्छ खाने पानीको जडान

वीरगंज, पर्सा
मधेस प्रदेशकै सब भन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको नारायणी क्षेत्रीय अस्पतालमा आज एक कार्यक्रमका वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमद्वारा सर्वसाधारण व्यक्तिहरुका लागि स्वच्छ खानेपानीको लागि खानेपानीको मेसिनको उद्घाटन गरेका छन।

नारायणी अस्पतालमा स्वच्छ खाने पानीको अभाव धेरै दिन देखि बढै गएको हुदा आम जनतालाई समस्या बढ्दै गएको थियो। उप-मेयर आलमद्वारा जडान गरिएको खाने पानीको मेसिन आधुनिक किसिमको रहेको छ। उक्त खानेपानी मेसिनबाट चिसो तथा तातो पानी उपलब्ध हुने छ।

उक्त मेसिन बिरामीहरुलाई धेरै राहत पुग्ने उप-मेयरले बताए। अहिले खाने पानी नपाएर बिरामीहरु को आफन्तले रु २५ मा बोटलको पानी किनेर खानु परेको थियो आधुनिक मेसिन जडान भए पछि समस्या समाधान भएको नारायणी अस्पतालमा उपचार गराइ रहेका बिरामीहरु को आफन्तले बताए।

उप-मेयर आलमले आउने दिनमा पनि नारायणी क्षेत्रीय अस्पताललाई मधेस प्रदेश कै नमुना अस्पतालको रुपमा विकास गर्दै लैजाने बताए।उक्त कार्यक्रममा बिरगंज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल , नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,उप-मेयरका स्वकीय सचिव शेष हजरा,संचारकर्मी राहुल गुप्ता लगायत सर्वसाधारण को उपस्तिथि रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित