वीरगंज १२ आषाढ
वीरगंज महानगरपालिका वडा न.१६ ईनार्वाबाट ८ लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा प्रसौनी वडा नम्बर २ बस्ने ३३ वर्षीय सुनिल कुमार साह रहेका छन् ।
ना.२८ प ९००८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहले लागाएको हेल्मेट भित्र रहेको उक्त हुन्डीको रुपैयाँसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
हुन्डीको रकम सहित पक्राउ परेका साहलाई बैंक तथा वित्तिय ऐन सम्बन्धी कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

