आरपी उपध्याय / नवलपरासी १२असार
अन्तर्राष्ट्रिय लागू पदार्थ र अवैध तस्करी विरुद्ध दिवसको अवसरमा सचेतना तथा जनचेतनामूलक कार्यक्रम विनयी त्रिवेणीको दुम्किबासमा भव्यताका साथ मनाइएको छ।

ईलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरको आयोजनामा जनचेतनामूलक रेलिका साथ प्रशिक्षण कार्यक्रम मनाइएको हो।
विनयी त्रिवेणी गाउँपालिका वडा न.१ को कार्यालय तथा सफलता सुधार केन्द्रको समन्वयमा दुम्किबास स्थित हेल्थ पोष्ट चोकबाट रेलि निकालिएको थियो। रेलिमा विनयी त्रिवेणी वडा न.१,२ अन्तर्गतका स्थानिय आमा समुह, शिक्षक, विद्यार्थी तथा जनप्रतिनिधिहरुको सहभागितामा निकालिएको रेलिले बजार परिक्रमा गरि वडा न.२ मा रहेको ममताहलमा पुगेर सचेतनामुलक प्रशिक्षण कार्यक्रममा परिणत भएको बताइएको छ। 
सो अवसरमा ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले लागू औषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण सम्बन्धि प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण दिदै प्रहरी निरीक्षक थापा मगरले लागू औषध विरुद्ध अभियानको सफलता नै सबैको सफल भाग्यको उदय हुने बताउनु भयो।
बिहान ८ बजेदेखि प्रारम्भ भएको जनचेतनामूलक रेलि ११:३० बजेसम्म बजार परिक्रमा मा नै केन्द्रित रहेको आयोजकले बताएको छ। प्रशिक्षण कार्यक्रममा कुल २०० को सङ्ख्यामा सहभागीहरुको सहभागिता रहेको इ.प्र.का. दुम्किबासले जनाएको छ।
सम्पन्न जनचेतनामूलक कार्यक्रमबाट लागू पदार्थ तथा अवैध तस्करी नियन्त्रण कार्यमा सहयोग हुने विश्वास गरिएको छ।
जनचेतनामूलक कार्यक्रम पछि इ.प्र.का. दुम्किबास अन्तर्गतका मा.वि. र क्याम्पस तहमा पनि यस्ता खाले जनचेतनामूलक कार्यक्रम गरिनु पर्ने माग पनि स्थानिय स्तरबाट उठन थालेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

