Rashtriya Dainik

प्रहरीद्वारा तीनवटा मोटरसाइकल सहित ५ लाख भन्दा बढीको अवैध सामान बरामद

संजय कशवाहा / नवलपरासी ११ असार

पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अबैध सामान सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार रामग्राम नगरपालिका वडा न.७ उजैनी स्तुपस्थितबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक शेर बहादुर थापाको कमाण्डमा खटि गएको टोलीले लु ४ प ४४०० नम्बरको मोटरसाइकल र चालक पाल्हीनन्दन वडा न. ५ गेर्मा बस्ने वर्ष ३७ को बिकाउ बानियाँ , भारतीय नम्बर पलेटको मोटरसाइकल यु.पी ५३ एच ३१९९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका वर्ष २२ को पिन्टु बानियाँ र यु.पी ५३ डि ४५७८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका वर्ष ३८ को रामजान शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त तीनवटा मोटरसाइकलमा सुर्ती सुपर पावर ३ क्विन्टल अवैध फेला परेपछि सामान सहित तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिईएको हो ।

उक्त बरामद सुर्ती सुपर पावरको मुल्य ५ लाख ४० हजार बराबर र तीनवटै मोटरसाइकलको मुल्य ४५ हजार बराबर रहेको छ । नियन्त्रणमा लिईएको मोटरसाइकल र सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित