Rashtriya Dainik

लागू औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धि लघु सचेतना कार्यक्रम त्रिवेणीमा सम्पन्न

आरपी उपध्याय /नवलपरासी ११असार

ईलाका प्रहरी कार्यालय दुम्किबास पुर्वी नवलपरासीको आयोजनामा लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धि लघु सचेतना कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी निरीक्षक थापाले सिमा क्षेत्रमा हुने लागु औषध लगायत अन्य गैर कानुनी कार्य रोक्न सुरक्षा निकाय सहित नागरिक समाज , जन प्रतिनिधिहरुको संयुक्त प्रयासबाट नै नियन्त्रण गरिने बताउनुभयो । उहाले भुसको आगो जस्तो फैलिएको अबैध कार्य न्युनिकरण गर्न सामुहिक प्रयास बाट नै कमी आएको पनि जिकिर गर्नुभयो ।
कार्यक्रममा वार्ड नंं ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले लागुऔषध दुव्यर्सनी नियन्त्रण कार्यमा वार्ड कार्यालय पुर्ण प्रतिबद्दताका साथ अगाडी बढिरहेको धारणा समेत राख्नुभयो । कार्यक्रममा विनयी त्रिवेणी ७ का वार्ड अध्यक्ष उमेश कार्की , सशस्त्र प्रहरीबल त्रिवेणी बि.ओ.पी का सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डे , त्रिवेणी भन्सारका प्रतिनिधि गणेश कण्डेल लगायतले सिमा क्षेत्रमा हुने सबै खाले गैरकानुनी कार्य नियन्त्रणले मात्र सभ्य समाजको निर्माण गर्न सकिने धारणा राख्नुभयो ।
“हाम्रो आवाज लागु औषध दुर्व्यसनीबाट सुरक्षित समाज” भन्ने मुल नाराका साथ आयोजना गरिएको सचेतना कार्यक्रममा विनयी त्रिवेणी वार्ड नंं ६ र ७ मा विद्यालय र समुदाय स्तरिय जनचेतनामुलक कार्य गरिने पनि सामुहिक प्रतिबद्दता ब्यक्त गरिएको ईलाका प्रहरी कार्यालय त्रिवेणीका बरिष्ठ सव ईन्सपेक्टर प्रेम बिष्टले जानकारी दिनुभएको छ । सो कार्यक्रममा ब्यारेज पुल आसपासका ईलाकामा अव्यवस्थित टेम्पो र बस पार्किङलाई तत्काल व्यवस्थित गर्नुपर्ने र त्रिवेणी भंसार आसपासका भुमी अतिक्रमण कार्यलाई सुरक्षा निकायको सहयोगमा अतिक्रमण मुक्त गराउने सहमती भएको पनि जानकारीमा आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित