तुलसीराम पौडेल /मायादेवी ,११ आषाड
रुपन्देहीको मायादेवी गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को कूल बजेटको आकार रु ७३ करोड २७ लाख ७७ हजार ३ सय २६ रुपैयाँ रहने गरि सन्तुलित बजेटको प्रस्ताव गरिएको छ।
जसमध्ये चालुतर्फ रु ४५ करोड ९६ लाख ७१ हजार २ सय १६ रुपैयाँ ६० पैसा (६२.७३ प्रतिशत ) र पुजिगत तर्फ रु २७ करोड ३१ लाख ०६ हजार १ सय ९ रुपैयाँ ४० पैसा (३७.२७ प्रतिशत )
प्रस्ताव गरिएको छ।
मायादेवी गाउँपालिकाको आइतबार सम्पन्न १४ औं गाउँ सभा तथा अधिवेशनमा सभा अध्यक्ष ध्रुव नारायण चौधरीको आदेश अनुसार गाउँपालिका प्रबक्ता एवं वडा नम्बर -७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले आर्थिक वर्ष २०८०/ ८१ को बजेट प्रस्तुत गर्नुभएको हो।

कूल बजेट ७३ करोड २७ लाख ७७ हजार ३ सय २६ रुपैया अन्तरगत आर्थिक विकास तर्फ ३ करोड ७ लाख ३१ हजार ५ सय २७ रुपैयाँ ( ४.१९%) ,सामाजिक बिकास तर्फ ८ करोड ३७ लाख १२ हजार २ सय ८७ रुपैयाँ ( ११.४२%) ,पुर्वाधार विकास तर्फ १६ करोड ३७ लाख ४ हजार २ सय १२ रुपैयाँ ( २२.३४%) ,बाताबरण तथा विपद ब्यवस्थापन बिकास तर्फ १ करोड ०३ लाख ७ हजार १ सय रुपैयाँ (१.४१%) ,सस्थागत विकास तथा सेवा प्रवाह तर्फ २३ करोड ९३ लाख २२ हजार २ सय रुपैया (३२.६६%) र सामाजिक सुरक्षा तर्फ २० करोड ५० लाख रुपैयाँ ( २७.९८ %) विनियोजन गरिएको छ।
बजेट कार्यान्वयन गर्नका लागि आम्दानीका स्रोतहरु अन्तरगत नेपाल सरकारबाट बित्तीय सामान्यीकरण तर्फ १३ करोड ५७ लाख रुपैयाँ , नेपाल सरकारबाट राजस्व बाडफाड तर्फ १० करोड ८३ लाख रुपैया ,शसर्त अनुदान सङ्गिय सरकार तर्फ २० करोड ,नेपाल सरकार समपुरक तर्फ ५० लाख रुपैयाँ ,विशेष अनुदान १ करोड ,प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण तर्फ १ करोड १ लाख रुपैया ,प्रदेश सरकारबाट प्राप्त शसर्त कार्यक्रम ७६ लाख ५० हजार रुपैयाँ ,प्रदेश सरकारबाट प्राप्त राजस्व बाडफाड तर्फ ४८ लाख ९८ हजार रुपैयाँ ,प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तर्फ १ करोड ,प्रदेश सरकारबाट विशेष अनुदान ६० लाख ,सामाजिक सुरक्षा तर्फ २० करोड ५० लाख र आन्तरिक राजस्व तर्फ ३ करोड अनुमान आम्दानी स्रोत प्रस्तुत गरिएको थियोे ।गाउँ सभामा गाउँपालिका प्रबक्ता शैलेन्द्र कुमार पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०/०८१ को बजेटलाई पारित गरियोस भन्ने सभा अध्यक्ष ध्रुव नारायण चौधरीले सभा समक्ष पेश गर्नुभएको प्रस्तावलाई सभाका सदस्यहरुले सर्वसम्मत रुपमा ताली बजाएर पारित गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

