Rashtriya Dainik

पकहाँ मैनपुरको गाउँ सभा उदघाटन गरी स्थगित,छिटै सहमति गर्ने अध्यक्ष मेहताको दाबी

वीरगंज ११ असार ।
पर्साको पकाहा मैनपुर गाउँपालिकाका जनप्रतिनिधिहरु बिच कुरा नमिलेपछि गाउँसभा स्थगित गरिएको पालिका अध्यक्ष सुरेश मेहताले बताए ।
अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु बीच कुरा नमिल्दा पकाहा मैनपुर गाउँपालिकाको १० औं गाँउ सभा आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रमको उदघाटन मात्र गरि स्थगित गरिएको र चाडै सबै प्रतिनिधिहरु बिच छलफल गरी सभालाई पूर्णता दिने अध्यक्ष मेहताले बताए ।
केही दिन पहिला जनप्रतिनिधिहरु बिच बसेको बैठकले सबै सहमति भए पनि अध्यक्ष मेहताले सभाको दिन २ करोड कृषि, २ करोड पकहाँ स्कूल र साढे ३ करोड मेयर आफैले पहिला नै चलाएकोले सो बजेट छुटयाई बजेट बाँडफाँट गर्नु पर्ने अडान लिएपछि वडाध्यक्ष लगायत अन्य पालिका सदस्यहरुले बिरोध गरेपछि गाउँसभा उदघाटन मै सिमित भएको एक वडाध्यक्षले बताए ।
२÷३ दिन पहिला बसेको बैठकबाट डेढ करोड अध्यक्ष, एक करोड उपाध्यक्ष, ९०÷९० लाख सबै वडाध्यक्ष एवं सदस्यलाई दिने सहमति भए पनि अध्यक्ष मेहताले आफुले पहिले गरेको कार्यको भुत्तानी गर्न अडान लिएपछि कार्यक्रम स्थगित गरी आउदो बुधबार पुनः सभा गर्ने सो वडाध्यक्षले बताए ।
सो सम्बन्धमा अध्यक्ष मेहता सँग सम्पर्क गर्दा निति तथा कार्यक्रम र बजेटमा वडाध्यक्ष एवं सदस्यहरु सँग कुरा नमिलेपछि उदघाटन मात्रै गरिएको बताए । साथै छिटै नै सबै जनप्रतिनिधिहरुलाई बसाई छलफल गरी समस्या समाधान गर्ने बताए ।
अध्यक्ष मेहताको अध्यक्षतामा भएको कार्यक्रममा गाउँसभाको उदघाटन शत्रमा प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहा, पुर्व गाबिस अध्यक्ष नसुरलाह मियाँ, वडाअध्यक्षहरु बलिराम चौरसिया, ढेरी प्रसाद यादव, संजय चौहान, मुकुट चौहान, बिनोद मेहता, कार्यपालिका सदस्य नेकमहम्द मियाँ, रामबहादुर सोनार, स्थानिय राजनितिकर्मी लक्ष्मण पटेल, हरी चौहान, राकेश कुशवाहा लगायतको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित