राजन बानिया / पर्सा, १० असार
पर्साकाे पकाहा मैनपुर गाँउपालिकाकाे १० ओैं गाँउ सभा नीति तथा कार्यक्रम अाज सम्पन्न भएकाे छ ।
गाँउसभामा गाँउपालिका उपाध्यक्ष सर्फुनेशा खातुनले आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि ३२ कराेड ५० लाख ७७ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् ।
गाँउपालिका अध्यक्ष सुरेश मेहताले नीति तथा कार्यक्रममा कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र भाैतिक पुर्वाधारकाे क्षेत्र मुख्य प्राथमिकतामा राखिएकाे बताए ।
गाँउपालिका अध्यक्ष मेहताकाे अध्यक्षतामा भएको गाउँ सभा ,नीति तथा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत राजकुशवाहा , पुर्व गाबिस अध्यक्ष नसुरलाह मियाँ , वडाअध्यक्ष ,बलिराम चौरसिया,ढेरी प्रसाद यादव ,संजय चौहान,मुकुट चौहान, बिनोद मेहता, कार्यपालिका नेकमहम्द मियाँ ,रामबहादुर सोनार, स्थानिय राजनितिकर्मी लक्ष्मण पटेल, हरी चौहान, राकेश कुशवाहा, लगायतले गाउँ सभा नीति तथा कार्यक्रमको शुभकामना मन्तब्य ब्यकत गरेका छन। गाउँ सभामा कार्यपालिका सदस्य ,महिला सदस्य ,पुरुष सदस्य , गाउँपालिका कर्मचारी ,स्वास्थ्यकर्मी,शिक्षक ,पत्रकार सुरक्षाकर्मी ,बुद्धिजीवी लगायतको सहभागीता रहेकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

