उमेश बि.क / नवलपरासी , १० असार ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासामा नेपाल औषधी ब्यवसायी संघको ५० औं स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल औषधी ब्यवसायी संघ नवलपरासी शाखाका अध्यक्ष डा. हेमन्तराज न्यौपानेको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले नेपाल औषधी ब्यवसायी संघले निकै राम्रो काम गरेको प्रशंसा गर्दै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम भएकोले यस्तो मानवीय कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो ।
उक्त अवसरमा वडा नं. १ का वडा अध्यक्ष विष्णुप्रसाद भट्टराई, संघका निवर्तमान जिल्ला अध्यक्ष रामचन्द्र पौडेल, महासचिव बाबुराम तिमिल्सिना लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

नवलपरासीमा पछिल्लो समय रगत अभाव भएपछि संघको नवलपरासी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र परासीको प्राविधिक सहयोग रहेको कार्यक्रममा ३८ जनाले रक्तदान गरेको संघले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

