राजन बानिया / पर्सा ,१० असार
पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाकाे ११ओैं गाँउसभा अाज सम्पन्न भएकाे छ ।
गाँउ सभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि ३८ कराेड १५ लाख ६ हजार ३ सय रुपैयाँको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष ममता महतोले प्रस्तुत गरिन् ।
कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र भाैतिक पुर्वाधारकाे क्षेत्र मुख्य प्राथमिकतामा राखिएकाे गाउँपालिका अध्यक्ष दिनेश चौधरी ले बताए ।
गाँउसभामा पालिकाले विभिन्न क्षेत्रमा याेगदान पुर्याएका व्यक्तित्व र उत्यकृस्ट काम गर्ने कर्मचारीलाई दाेशल्ला ओढाएर प्रशंसापत्र प्रदान गरि सम्मानित गरिएको हो ।
गाउँ सभा गाँउपालिका अध्यक्ष चाैधरीकाे अध्यक्षता तथा पुर्व गाविस अध्यक्ष एंव समाजसेवी प्रमेश्वर गाैराेकाे प्रमुख आतिथ्यतामा भएकाे गाँउसभामा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत संदेश यादव वडाअध्यक्ष फरमान मियाँ, माधो राउत थारु, बासु पंजियार,बिजय गैरे,बिपिन मुखिया, कार्यपालिका सदस्य ,महिला सदस्य ,पुरुष सदस्य ,पार्टी प्रतिनिधि जसपा का नागेन्द्र यादव, नेपाली काँग्रेस शिव चौधरी , एमालेका रामकुमार,नेपाल , माअोबादी का मदन चौधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको थियो। गाउँ सभामा अधिकृत भुजेन्द्र यादव, लेखापाल सोनु सोनी, योजना प्रमुख राजकुमार महतो,शिक्षा प्रमुख शम्भु साह, कर्मचारी, शिक्षक , स्वास्थ्य , पत्रकार,सुरक्षाकर्मी ,बुद्धिजवी लगायतको सहभागीता रहेकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

