Rashtriya Dainik

सरावल गाउँपालिकाले ल्यायो ५३ करोड ७८ लाख ५४ हजार ५९१ बराबरको बजेट

उमेश कि.क / नवलपरासी , १० असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि ५३ करोड ७८ लाख ५४ हजार ५९१ बराबरको बजेट ल्याएको छ ।

आईतबार बसेको १२ औं गाउँ सभाको बैठकमा उपाध्यक्ष बासमति हरिजनले ५३ करोड ७८ लाख ५४ हजार ५९१ बराबरको प्रस्तुत गर्नुभएको हाे।

बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापार लगायतका क्षेत्रको समुन्नतिमा जोड दिइएको छ ।

कूल बजेटमध्ये सात वटा वडालाई रु ८० लाखको दरले विनियोजन गरिएको छ भने विषयगत शाखा तथा ईकाईका कार्यक्रम सञ्चालनका लागि पाँच करोड रुपैया, पालिका स्तरीय योजनाका लागि एक करोड ६० लाख, क्रमागत योजनाका लागि तीन करोड विनियोजन गरिएको छ ।

यसैगरी सशर्त कार्यक्रम सञ्चालनको लागि रु बीस करोड ४५ लाख पचास हजार, विशेष अनुदानको कार्यक्रम सञ्चालनको लागि एक करोड रुपैयाँ, समपुरक आयोजनाको लागि चार करोड रुपैया विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष हरिजनले जानकारी दिनुभयो ।

यस्तै पालिकाको प्रशासनिक भवन निर्माणको लागि रु पचास लाख विनियोजन गरिएको छ। भने वडा तथा पालिकाको प्रशासनिक खर्चको लागि रु १२ करोड तीन लाख, चार हजार ५९१ विनियोजन गरिएको उपाध्यक्ष हरिजनले बताउनुभयो ।

सभामुखको भूमिकामा रहेका पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले गाउँ सभा सदस्यहरुमा प्रश्न गर्ने र सुझावहरु निर्धक्कका साथ राख्ने क्षमताको विकास भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । वहाँले गत वर्ष ल्याएको नीति तथा कार्यक्रम सबैको सहयोग र साथले अधिकांश कार्यान्वयन गर्न सफल भएको बताउनुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित