Rashtriya Dainik

प्रतापपुर गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

आरपी उपध्याय / नवलपरासी १० जेठ

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको सार्वजनिक सुनवाइ कार्यक्रम एक विशेष भेलाका बिच सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा सेवा प्रदायले सेवा ग्राहिलाई पुर्याएको सेवा सुविधा कार्यलाई उक्त कार्यक्रम मार्फत सार्वजनिक गरिएको थियो।
सार्वजनिक सेवा सुनवाइ कार्यक्रममा शिक्षा,स्वास्थ्य,यातायात,खानेपानी लगायतको विषयमा गाउँपालिकाले पुर्याएको र गर्न बाकी योजनामा भएको ढिला सुस्ती र लापरबाही बारे जिज्ञासा राखिएको जानकारीमा आएको छ।
राज्यले निशुल्क शिक्षाको घोषणा गरे पनि सार्वजनिक विद्यालयहरुले विभिन्न बहानामा घुमाउरो तरिकाले रकम लिएको बारे सहभागीहरुले कडा रुपमा आक्रोश व्यक्त गरेका थिए।
गाउँपालिका अन्तर्गत हुँदै आएको टुकुरे योजनालाई अन्त्य गरिनु पर्ने माग पनि सहभागीले उठाएका थिए। सार्वजनिक सुनवाइ कार्यक्रममा न्यायीक सेवा, प्राविधिक,कृषि,पशुपालन लगायत विषयहरुमा पनि नागरिकहरुले पालिका सरकार सङ्ग जिज्ञासा राखेको एक सहभागीले बताए। शिक्षा क्षेत्रमा देखापरेको अनियमितता र ढिला सुस्तिको अन्त्य गरि परिणाममुखी शिक्षा प्रवाह गरिनुपर्ने माग पनि सहभागीले उठाए ।
हाल चर्चामा रहेको नागरिकता प्रकरणलाई सरल र सहज ढंगबाट प्रक्रियागत रुपमा उपलब्ध गराउने तर्फ सुनवाइ कार्यक्रम केन्द्रित रहेको थियो। सार्वजनिक सुनवाइ कार्यक्रममा नागरिकले उठाएका जिज्ञासालाई पालिका अध्यक्ष उमेशचन्द्र यादव, उपाध्यक्ष मान कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, वडाध्यक्ष केशव अधिकारी लगायतले उठेका जिज्ञासालाई जवाफ दिनुभएको कार्यक्रम सञ्चालक पत्रकार सद्दाम हुसेन अन्सारीले बताउनु भएको छ।
पालिका अध्यक्ष यादवले सुशासन र विकास निर्माण कार्यमा भएको प्रगति जिल्लामै नमुना बनेको बताउदै पालिकामा आएको चुनौतीलाई अवसरको रुपमा ग्रहण गरेको विचार व्यक्त गर्नुभयो।
नेपालको संविधानले पालिका तहमा प्रतिपक्षको व्यवस्था नगरेकोमा सार्वजनिक सुनवाइ मार्फत नै नागरिकले आफ्नो भावना विचारलाई राख्ने थलो नै सार्वजनिक सुनवाइ रहेको पनि अध्यक्ष यादवको भनाइ रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित