Rashtriya Dainik

जगरनाथपुरमा हुन लागेको गाउँ सभाको स्थानीयले गरे बिरोध

वीरगंज १० असार

पर्साकोे जगरनाथपुर गाउँपालिकामा आज हुन लागेको गाउँ सभा गाउँ कार्यपालिका बाहिर गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । सो गाउँपालिकाको गाउँ कार्यपालिकाको भवन हुँदा हुँदै अन्य ठाउँमा गाउँ सभा गर्न लागिएको भन्दै स्थानीय बासिन्दाले त्यसको बिरोध गरेका हुन् ।
जनगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम र बजेट प्रस्तृत गर्न श्री ने.रा.मा.वि. संठीको विद्यालय प्राङ्गणमा आईतबार ११ बजेदेखी गाउँ सभाको लागि तयारी गरेको छ । जसका लागि गाउँपालिका कार्यालयबाट टेबल, कुर्सी लगायतका ट्याक्टरमा सामान लोड गरि लगिरहेको अवस्थामा स्थानीयले सो सामानसहितको ट्याक्टर नियन्त्रणमा लिई बिरोध गरेका छन् ।
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विभिन्न योजनाहरुमा व्यापक अनियमितता भएको र सूचना मांग गर्दा समेत नदिने गरेको नेकपा एमाले जगरनाथपुर गाउँपालिका कमिटीका प्रतिनधि महमद मन्सुरीको आरोप छ । उनले जनताको समस्या, मुद्दा र आवश्यकतालाई नसमेटि गोप्य रुपमा आफू अनुकुल नीति तथा कार्यक्रम ल्याउन लागिएको आरोप लगाए । तर गाउँपालिकाले भने असार १ गते एक सूचना नै जारी गरि गाउँ सभाको बैंठकमा उपस्थित हुन सम्पूर्ण स्थानीयलाई आग्रह गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित