Rashtriya Dainik

नवलपरासीको विभिन्न स्थानबाट ७ लाख भन्दा बढी सामान बरामद

बिनोद निगम / नवलपरासी ९ असार

भारतसंग सीमानाका जोडिएको पश्चिम नवलपरासीको विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याएको अबैध सामान प्रहरीले बरामद गरिएको छ ।

तस्करले भन्सार छली विभिन्न नाकाबाट ल्याएको अबैध सामान प्रहरीले बरामद गरिएको हो । प्रहरीले शुक्रबार काँचो सिम्रीक, युरिया मल, बोईलर कुखुरा, चिनी, कुर्ता सुरुवाल, प्लाष्टिक रेनकोट, कम्बल, भारतीय नम्बरको मोटरसाइकल लगायतका बिभिन्न किराना सामानहरु बरामद गरिएका हुन

जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतका ईलाका प्रहरी कार्यालय बेलाटारी, गुठिप्रसौनी प्रहरी चौकी, भुजहवा, प्रहरी चौकी गोबरहिया र प्रहरी चौकी, गेर्मीबाट खटिएका प्रहरी टोलीले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

बरामद गरिएको सामानको अन्दाजी मूल्य ७ लाख २२ हजार ३० रुपैया बराबरको रहेको छ । बरामद भएको अवैध सामान तथा सवारी साधन आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको पाण्डेयले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित