राजन कुमार बानिया / पर्सा ,९ असार
मधेस प्रदेशका जलस्रोत, सिचाई, उर्जा तथा खानेपानीमन्त्री सिंहासन साह कलवारले ठोरीमा विद्यमान समस्याहरु मधेस सरकारले समाधान गर्ने बताएका छन् ।
पर्साको ठोरी गाँउपालिकाको नवौं गाँउसभाको शनिबार उद्घाटन गर्दै मन्त्री कलवारले यस्तो आश्वासन दिएका हुन् । मधेस प्रदेशको एक मात्र पर्यटकीय स्थल ठोरीको विकास र प्रगतीका लागि मधेस सरकार अग्रसर रहेको उनले बताए ।
मन्त्री कलवारले यसभन्दा अगाडिको प्रदेशसरकारमा आफू नभएको र ठोरी गाँउपालिका आफनो कार्य क्षेत्रभन्दा बाहिर रहेपनि ठोरीको विकासका लागि आफुले थुप्रै काम गरेको जिकिर उनले गरे । मन्त्री कलवारले ठोरीमा जंगली जनावरको उपद्रो रोक्न जंगल र मानवबस्तीका बीचमा टावरलाईट जडान गर्ने प्रतिबद्धता जनाए ।साथसाथै खानेपानीकोे व्यवस्थापन तथा अन्य क्षेत्रको विकासका लागि आफुले क्दो प्रयास गर्ने पनि मन्त्री कलवारले बताए ।

नगरसभामा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको बताए । उनले पालिकाका सामुदायिक विद्यालयहरुमा प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म पूर्ण रुपमा निःशुल्क गरिने , दलित, जनजाति र अति विपन्न परिवारका बालबालिकालाई छात्रबृति बितरण र छात्रावासको व्यवस्था गरिने बताए । जनप्रतिनिधि र नेपाल सरकारका राष्ट्र सेवक कर्मचारीका सन्तानहरुलाई सामूदायिक बिद्यालयमै अनिवार्य रुपमा अध्यापन गराउने नीतिलाई निरन्तरता दिने पनि आध्यक्ष श्रेष्ठले बताए ।
नगरसभामा जिल्ला सम्वन्य समिति पर्साकाा पूर्व उपप्रमुख ठाकुर प्रसाद न्यौपानेका साथै गाँउपालिकाकी उपाध्यक्ष गोकुली प्रसाद रेग्मी , जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ , पाँचवटै वडाका वडाअध्यक्ष , वडासदस्य , गाँउपालिकाका कर्मचारी लगायतको सहभागीता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

