Rashtriya Dainik

न्यु जनचाहना युवा क्लब हरिहरपुरद्वारा एक दिने निशुल्क स्वस्थ्य शिविर सम्पन्न

राजन बानिया / पर्सा , ९ असार

न्यु जनचाहना युवा क्लब हरिहरपुद्वारा एक दिने निशुल्क स्वस्थ्य शिबिर पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुरमा सम्पन्न भएको हो।

हरिहरपुरमा अायोजना भएको निशुल्क स्वस्थ्य परिक्षण शिविरमा ६ सय ५० जनाले चेकजाँच गराएका थिए। न्यु जनचाहना युवा क्लबका आयोजक संस्थाका अध्यक्ष प्रदीप नेपालले जनाएका छन।

शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र निशुल्क स्वस्थ्य शिबिर धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान र उप मेयरको प्रतिनिधि श्याम प्रसाद कुर्मीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो।

निशुल्क स्वस्थ्य शिबिरमा डाक्टर राम नरेश यादव,दिपेस साह, रन्जित यादव, उज्ज्वल दास लगायतका डाक्टर हरुले चेकजाच गरेका थिए। निशुल्क स्वस्थ्य शिबिर कार्यक्रममा वार्डअधयक्ष राजकिशोर प्रसाद कुर्मी ,बन्धु साह तेलि , मनौर अहमद , सन्तोष पटेल ,सलाउदिन अहमद, स्वास्थ्य शाखा प्रमुख संजय यादव जंगबहादुर कुर्मी धुरुब साह , सरोज पटेल , रामनरेश यादव र न्यु जनचाहना युवा क्लब का रामाधार पटेल , पवन पटेल , बाडाबाबू पटेल ,मानसिग पटेल मुकेश गुप्ता निरान्जन पटेल ,उपेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित