Rashtriya Dainik

सरावल गाउँपालिकाले दियो ग र घ बर्गकाे अपांगता भएको ब्यक्तिलाई म:म चाउमिन बनाउने तालिम

उमेश बि.क / नवलपरासी ,९ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहिया काेटही मन्दिरमा ग र घ बर्ग अपांगता भएको ब्यक्तिलाई म:म र चाउमिन बनाउने तालिम सम्पन्न भएको छ।

अपांग सेवा संस्था सरावल ५ काे अायाेजना तथा सरावल गाउँपालिकाकाे सहयोगमा ७ दिने तालिम संस्थाकाे अध्यक्ष राज कुमार शर्माकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हाे ।

तालिम समापन गर्दै पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले अपांगता भएको ब्यक्तिमा ठुलो सम्भावना रहेकोले उच्च मनाेबल सहित अगाडि बढ्न सुझाव दिनुभएको हाे । अपांगता भएको ब्यक्ति थुप्रै उदाहरणीय काम गरेकोले यश ब्यवसायलाई अंगाल्न जिविकाेपार्जन गर्न अनुरोध गर्दै पालिबाट अगामि दिनमा थप सहयोग साथ दिने बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले पालिका अन्तर्गत विभिन्न तालिम चल्याे तर याे तालिम निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । सिकेको सिकारुकाे जिम्मेवारी बढेको बताउदै सानाेबाट ब्यवसाय सुरुवात गरि अगाडि बढ्न सुझाव दिनुभयो । म केही गर्न सक्छु भन्ने हिसाबले अगाडि बढ्न अनुरोध गर्दै पालिकाबाट हुने सहयोग साथ दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार उमेश बि.क , उपाध्यक्षकाे स्वकीय सचिव गाेपिचन्द्र हरिजन , अजय पटेल लगाएतकाे सहभागीता रहेको थियो ।

३० जनाकाे सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण आर .बि कलेज अफ हस्पिलाटीकाे सन्चालक राम भण्डारीले गर्नुभएको थियोे ।

तालिममा सिकेको सिकारुलाई ब्यवसाय सन्चालन गर्नकाे लागि चुलाे सिलिन्डर र म:म बनाउने भाडा निशुल्क रुपमा हस्तान्तरण समेत गरिएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित