उमेश बि.क / नवलपरासी , ९ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा सांस्कृतिक ग्राम स्थापना गरिने भएको छ ।

थारु बस्तीहरुमा सांस्कृतिक ग्राम र थारु परम्परासँग जोडिएको हाेम स्टे , थारु म्युजियम लगाएतकाे निर्माण गरिने गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।
लामो समयदेखि नवलपरासी जिल्लाकाे सरावल २ मा माघि महाेत्सव गरिदै अाएकाे हुनाले त्यस स्थानमा थारुकाे कला संस्कृति र पहिचान सहितको सांस्कृतिक ग्राम स्थापना गरिने अध्यक्ष चाैधरीले बताउनुभयो ।
अार्थिक वर्ष २०८०/० ८१ अार्थिक बर्षमा बजेट बिनियाेजन गरि यश कार्यलाई अगाडि बढाउने बताउदै प्रदेशमा पनि थप पहल गरेको बताउनुभयो ।
‘थारु समुदायको परम्परागत कला–संस्कृति हराउँदै जान थालेको छ। गरगहनादेखि पोशाकसम्म लोप हुन थालेकोले भाषा कला संस्कृति जर्गेना उत्पादन तथा बजारीकरण प्रदर्शनि गरिने भएकोले राेजगार सृजना हुने बताउनुभयो ।
थारु कला संस्कृति जर्गेना गरिने प्रमुख स्थान मनरी भएको हुनाले त्यश स्थानलाई नै राेजाइकाे प्रमुख केन्द्र बिन्दु बनेको बताउनुभयो ।
यसबाट पर्यटन प्रवर्द्धन र रोजगारी दुवै सृजना गर्ने पालिकाकाे लक्ष्य रहेको छ। याे नयाँ कार्यक्रम हो। विगतका वर्षमा यस्तो कार्यक्रम थिएन। चालु आर्थिक वर्षमा नयाँ कार्यक्रमको रुपमा सांस्कृतिक ग्राम निर्माणको योजना थपिएको अध्यक्ष चाैधरीले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

