Rashtriya Dainik

लागु औषध सहित एक जना नियन्त्रणमा

बिनोद निगम / नवलपरासी ८ असार
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. १ भिठाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका स्थानीय वर्ष ४६ का बिनोद कोहार रहेका छन् ।

गएराती लागुऔषध लुकाइछिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सेमरिबाट प्रहरी नायब निरीक्षक मदन बस्यालको कमाण्डमा ५ जनाको टोली र शसस्त्र सुरक्षा बेशबाट सहायक प्रहरी निरीक्षक श्याम कुमार थापाको कमाण्डमा खटिएको संयुक्त टोलीले कोहारको घरबाट लागूऔषध बरामद गरिएको हो ।

प्रहरीले उनको घरबाट प्रोक्सीको स्पार ९६३ ट्याब्लेट, नित्रा भेट ६०० पिस र कोरेक्स १०० एमएलका ९ बोटल बरामद गरेको थियो । बरामद गरिएको लागूऔषध र कोहारलाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित