Rashtriya Dainik

भन्सार नाकामा आम नागरिकलाई सहजता गर्न मधेसवादी दलहरूको माग

विनोद निगम/ नवलपरासी ८ असार।

भन्सार नाकामा आम नागरिकलाई सहजता गर्न मधेसवादी दलहरूले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै सरकार संग माग गरेका छन्।

गत ४ गते देखि पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालय र विभिन्न ठाउँमा रहेका छोटी भंसार कार्यालयहरुलाई मित्र राष्ट्र भारत समेतका देशहरुबाट ल्याइने एक सय रुपैयाँ भन्दा माथि को समानमा भन्सार लिने निर्देशन तल्लो स्तरका गरीब निमुखा जनताहरुलाई प्रत्यक्ष प्रभाव पार्ने भएको हुँदा तत्काल सहज वातावरण बनाउन सरकार संग माग गरेका छन्।

सरकारले देशमा भईरहेको भ्रष्टाचार आर्थिक आनयमितता कर छली र तस्करहरुलाई नियन्त्रण नगर्नुको सट्टामा क्षेत्र गरीब निमुखा जनताहरुको जिवनयापन प्रति उदासिन रही यस प्रकारको निर्देशनले सरकार मधेशका जनता प्रति विभेद गरेको र उदासिन रहेको मधेशबादी दलले आरोप लगाएको छ ।

नेपाल सरकारले रु. १०० सम्मको भन्सार लगाउने कार्य तुरुन्त रोक्का गरी देशमा भई रहेको भ्रष्टाचार आर्थिक अनियमितता कर छली तस्करहरुलाई नियन्त्रण गरी मधेश क्षेत्र रहेका जनताहरुको मित्र राष्ट्र भारत संग रहेको रोटी बेटीको सम्बन्ध निमुखा र निम्न स्तरका जनता र किसानहरुको जीवन यापनलाई ख्याल गरी नेपाल सरकारने यस प्रकारको निर्णय र निर्देशन तुरुन्त रोक्का गर्दै पहिले कै अवस्थामा भन्सारको अवस्था कायम गर्न जोरदार माग गरेका छन्।

मधेशबादी दलका अनुसार यस प्रकारको निर्देशन नेपाल सरकारले फिर्ता नलिए हामी मधेशबादि राजनितिकदलहरुले यस क्षेत्रमा जनताहरूको जीवन यापन समेतका समस्याप्रति जिम्मेवार वा उत्तरदायी रही शसक्त रुपले आन्दोलन गर्न वाध्य हुने तथा यसै विषयलाई लिएर सिर्जित हुने बान्दोलन बाट हुने क्षति हामी राजनितिकदलहरू नभई नेपाल सरकार जिम्मेवार बताएका छन्।

जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादव,जनमत पार्टीका केंद्रीय सदस्य बालगोबिन्द चौधरी,लोसपा नवलपरासीका अध्यक्ष मुकुर जी गिरी,नागरिक जनमुक्ति पार्टी नवलपरासीका अध्यक्ष ओम प्रकाश चौधरी ,जनता प्रगतीशिल पार्टी नवलपरासीका अध्यक्ष राधेरमण पाण्डेको संयुक्त हस्ताक्षरबाट ज्ञापन पत्र अर्थ मन्त्रालय सिहंदरवार काठमाडौं, मुख्यमन्त्रीको कार्यालय लुम्बिनी प्रदेश सरकार,महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीलाई बोधार्थ गर्दै प्रमूख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित