Rashtriya Dainik

तेस्रो त्रिवेणी दुम्किबास जनता मार्ग कप नक आउट फुटबल प्रतियोगिताको सम्पन्न

आरपी उपध्याय /नवलपरासी ८जेठ

आशा स्मृति युवा क्लब विनयी त्रिवेणी ६ नवलपुरको आयोजनामा सञ्चालन भएको तेस्रो त्रिवेणी दुम्किबास जनता मार्ग कप नक आउट फुटबल प्रतियोगिता को फाइनल खेल विहीबार सम्पन्न भएको छ।
आशा स्मृति युवा क्लब बुद्ध नगर साहुमाराको खेल मैदानमा सञ्चालन भएको फुटबल खेलको फाइनल प्रतियोगितामा नव नेपाल किसान युवा क्लब बर्दघाट १२ डबिलाले सिद्ध ज्योति सामाजिक प्रतिष्ठान बर्दघाट १६ सिद्धनगरलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरि फाइनल उपाधि हात पारेको छ। फाइनल उपाधि हात परेको डबिला टिमले मेडल कप सहित नगद ३० हजार प्राप्त गरेको छ भने उप विजयता सिद्ध नगरले कप मेडल सहित नगद १५ हजार प्राप्त गरेको आयोजक क्लबको सचिव रबि पौडेलले जानकारी दिएका छन।
आशा स्मृति युवा क्लबका अध्यक्ष दिपक थापाको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिवेणी ६ का वडाध्याक्ष नुरेन्द्र शाहले खेलमा अनुशासनको ठूलो महत्व हुने हुँदा अनुशासित खेलाडीको नै खेल भविष्य उज्ज्वल रहने धारणा राख्नुभयो।
फुटबल खेलको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका डबिलाका खेलाडी एलिन थापा म्यान अफ द म्याच घोषित भएका थिए। प्रतियोगिताको म्यान अफ द सिरीज डबिला टिमका भिम चौधरी घोषित भएका थिए भने बेस्ट किपर सिद्ध ज्योति सामाजिक विकास प्रतिष्ठानका किपर सुशान्त कोइराला घोषित भएको बताइएको छ। त्यसैगरी बेस्ट कोचको सम्मान डबिला टिमको अमित राना घोषित भएका थिए भने उदयमान खेलाडीको सम्मान आशा स्मृति युवा क्लबको सुमित थापालाई घोषित गरिएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित