Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाको १४ औं गाउँ सभा तथा बार्षिक बजेट कार्यक्रम सम्पन्न

पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाको १४ औ गाउँ सभा तथा बार्षिक बजेट कार्यक्रम प्रतापपुरको बेलाटारीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । आर्थिक बर्ष २०८०/०८१ को आय व्यय बिबरण सहितको बजेट गाउपालिका उपाध्यक्ष मानकुमारी चौधरीले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष चौधरीले आ.व २०८०।०८१ को लागी कुल ७० करोड८लाखको अनुमानित आय व्यय बजेट प्रस्तुत गर्नुभयो । आगामी आर्थिक बर्षका लागी ससर्त, समपुरक र निक्षेप अनुदान बाहेक कुल अनुमानित बजेट ४० करोड ७७ लाख मध्ये चालु तर्फ २० करोड ७५ लाख ६० हजार कुल बजेटको ५०.९१ प्रतिशत र पुजीगत खर्च तर्फ रु २० करोड १ लाख ४० हजार रहेको उपाध्यक्ष चौधरीले बताउनुभयो । प्रस्तुत बेजटमा आर्थिक बिकास, अन्तर्गत व्यवसायिक कृषि पेशाा अवलम्बन गरौ आत्मनिर्भर बनौ भन्ने उद्देश्यका साथ कृषकलाई व्यवसायिकरण तथा बजारिकरण गर्न अभिप्रेरित गर्ने गरी बजेटमा व्यवस्था गरिएको छ । बजेटमा कृषि र पशु बिकासलाई प्राथमिकता दिदै सो क्षेत्रमा २ करोड बजेट विनियोजन भएको छ । बजेटमा वार्डस्तरिय योजना तथा कार्यक्रममा ४ करोड ९६ लाख १७ हजार व्यवस्था गरिएको छ । शिक्षा बिकासका लागी ३ करोड ५० लाख विनियोजन गरिएको छ भने स्वास्थ्य तर्फ २ करोडको बजेट विनियोजन गरिएको उपाध्यक्ष चौधरीले बताउनुभयो । बजेटमा पुर्वाधार बिकास सम्बन्धि र प्रशासकिय भवन निर्माणका लागी पनि बजेटमा सम्बोधन भएको छ भने संघिय एवं प्रदेश सरकार बाट प्राप्त हुने अनुदान समेत बाट अस्पताल भवन निर्माण, वार्ड कार्यालय, स्वास्थ्य भवन निर्माणमा जोड दिइएको छ । गाउपालिकाको वार्ड नं. १ देखी ९ सम्म सजिलै आवत जावत गर्न चक्रपथ निर्माणको लागी पनि बजेट विनियोजन गरिएकोे छ । त्यस्तै, बातावरण तथा विपद् व्यवस्थापन तथा सुशासन संस्थागत बिकासका लागी बजेट विनियोजन भएको हो । आर्थिक बिकास सामाजिक बिकास सुशासन अन्तर्गत सम्बन्धित र बाताबरण तथा चालु खर्च तर्फ बजेट केन्द्रित रहेको बताइएको छ । गाउपालिकालाई दिर्घकालिन सोचलाई प्राथमिकताका साथ अगाडी बढाउन ल्याइएको बजेटले प्रतापपुर गाउँपालिकालाइ समृद्ध बनाउने बिश्वास लिईएको उपाध्यक्ष चौधरीको भनाई रहेको छ । प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षतामा आयोजित गाउसभामा अध्यक्ष यादवले सर्ब सम्मत रुपमा बजेट पासहुनुले प्रताप पुर गा पा को बिकाश द्रुत गतिका साथ अगाडि बढने बिश्वास ब्यक्त गर्नु भयो ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरेले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो । सभामा प्रतापपुर गाउपालिकाका नौ वटै वडाका जनप्रतिनधि, शाखा प्रमुख एवं संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित