आरपी उपध्याय /नवलपरासी ८जेठ
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत रहेको त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा महिला अधिकार मञ्च त्रिवेणीको सह आयोजनामा नेपालको संविधान र महिला अधिकार विषयक ४ दिने अन्तर्कृयात्मक तालिम त्रिवेणीमा सम्पन्न भएको छ।
कार्यक्रम संयोजक समेत रहनु भएकी महिला अधिकार मञ्चकी अध्यक्ष दीपा रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहले तालिममा प्राप्त ज्ञानलाई दैनिक जिवनमा लागू गर्न सकिए तालिम फलदायी रहने धारणा राख्नुभयो। सो अवसरमा अतिथि भेषराज खनाल,प्रशिक्षक मोतिकला पङ्गेनी,त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तारादेवी पौडेल,सहभागीहरु शिला क्षेत्री,बसन्ता उपाध्याय,नेहा खड्का,सन्तोषी बि.क., कमला पाण्डे,सावित्री तिमिल्सिना लगायतका वक्ताहरुले तालिममा प्राप्त अनुभवलाई प्रस्तुत गर्नुभएको कार्यक्रम सञ्चालिका विष्णुदेवी पाण्डेले जानकारी दिनुभएको छ।
“सामाजिक न्याय र समानतामा आधारित समाज निर्माणका लागि महिला अधिकार सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा विनयी त्रिवेणी ६ का ५० महिला सहभागीहरुको सहभागिता रहेको आयोजक संस्थाले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

