Rashtriya Dainik

जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा

कपिलवस्तु, अषाढ ६
डा. सिक राउत नेतृत्वको जनमत पार्टीले आठ जिल्लामा इन्चार्ज तोकेको छ । पार्टीको कामकारबाही अगााडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज तोकिएको बताइएको छ ।

सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुपाल्चोक, कन्चनपुर, मकवानपुर र सिन्धुलीमा इन्चार्ज तोकिएको जनमतका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । केही जिल्लामा सहइन्चार्ज समेत तोकिएको छ ।

सुनसरीमा रामचन्द्र मेहता, नवलपरासीमा कृष्णकांत चौधरी, रुपन्देहीमा अर्जुनप्रसाद जयसवाल, कपिलवस्तुमा मनोज ओझा, सिन्धुपाल्चोकमा मंगलसिंह तामाङ, कन्चनपुरमा दिलकुमार चौधरी, मकवानपुरमा राधारमन सुवेदी र सिन्धुलीमा कौशल देवकोटालाई जिल्ला इन्चार्ज तोकिएको छ ।

नवलपरासीमा गीता पाण्डे, सिन्धुपाल्चोकमा लालबहादुर तामाङ, कन्चनपुरमा नरसिंह बडाल र मकवानपुरमा कोपिला नेपालीलाई सहइन्चार्ज तोकिएको जनमतले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित