आरपी उपध्याय / नवलपरासी ५जेठ
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको तेस्रो त्रिवेणी दुम्किबास जनता मार्ग कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल मङ्गलबार सम्पन्न भएको छ।
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.६ अन्तर्गत रहेको आशा स्मृति युवा क्लब साहुमाराको आयोजनामा सञ्चालन भएको फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल नव नेपाल युवा क्लब बर्दघाट १२ डबिला र आयोजक आशा स्मृति युवा क्लब बिच भएको थियो। उक्त दोस्रो सेमिफाइनल खेलमा नव नेपाल किसान युवा क्लब डबिलाले आशा स्मृति युवा क्लबलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरि फाइनल यात्रा सुनिश्चित गरेको आयोजक क्लबका सचिव रबि पौडेलले जानकारी दिनुभएको छ। 
खेलमा उत्कृष्ट प्रदर्शन गरेका नव नेपाल युवा क्लबका जर्सी न.१२ का खेलाडी सिजन गुरुङ म्यान अफ द म्याच घोषित भएका छन। म्यान अफ द म्याच घोषित भएका गुरुङलाई शिवपुर गढी मा बि का प्रधानाध्यापक अदम बहादुर थापाले अवार्ड प्रदान गर्दै अनुशासित र लगनशील खेलाडीको रुपमा अगाडी बढ्न सुझाव दिनुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

