संजय कुशवाहा / नवलपरासी ५ जेठ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा चट्याङ लागेर एक मानिसको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा न. १० नदुवा बस्ने ४० वर्षको बिनोद कहार रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिएका छन् ।
उनकाअनुसार मंगलबार बिहान १०.४५ बजे समयमा वर्षासँगै चट्याङ पर्दा कहारको ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले जनाए ।
प्रहरीका अनुसार मृतक कहारले आफ्नै खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागी घाईते भएका थिए । घाइते कहारलाई उपचारको लागी भैरहवा सि.टि. अस्पताल रुपन्देही तर्फ पठाइए पछि डाक्टरले ११:२० बजे मृत्यु घोषणा गरेका हुन ।
उक्त घटना स्थानमा प्रहरी चौकी तोनबाबाट प्रहरी सहायक निरीक्षक थमन बहादुर ठाडाको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा समेत प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का लगायतको कार्य सम्पन्न गरी अनुसन्धान भइरहेको छ ।
चट्याङ लागि मानिस मृत्यु भएको मृतक जिल्ला पाल्पा पुर्व खोला गाउँपालिका वडा न. ५ बिरकोट स्थित बिरकोट आयुर्वेदिक औषधालय बिरकोट पाल्पामा कबिराज निरीक्षक (अधिकृत छैटौ तह) पदमा कार्यरत रहेका थिए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

