Rashtriya Dainik

पर्साको धोबिनी गाउँपालिकाको हरिहरपुरमा भाईरल लम्पी स्किन रोग देखियो

राजन कुमार बानिया
पर्सा ५ असार

पर्साको धोबिनी गाउँपालिका वडा न.३ हरिहरपुरमा यतिबेला पशुजन्य रोग देखापरेको अवस्था रहेको देखिन्छ । गोठमा रहेका गाई,गोरु ,लगायतका पशुहरुमा
भाईरस बाट लागने रोग लम्पी स्किन रोग देखिएको छ। यस रोगले ग्रसित पशुहरुमा जीउभरी फोका जस्ता घाऊ देखापरेको अवस्था रहेको छ । धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुरका गाई पालक उपेन्द्र पटेलको गाई लाई यो रोग लागेको देखिएको छ।गाउँघरमा यसरी एकाएक रोग देखापरेपछि स्थानीय पशुपालक किशान चिन्तित बनेका छन । गोठमा भएका पशुहरुमा लाग्ने यस रोगले ग्रसित भएको पशुहरू गोठमै लम्पसार हुन थालेको छ । भाईरस रोग पशु बाट सम्पर्क मा अाएपछी अर्को पशु हरुमा सर्ने गर्छ।यो गाई भैंसीमा लागने रोग तर यसको प्रकोप भैंसी भन्दा गाईमा बढि देखिएको छ। जिउमा फोका फोका घाउ हुने उच जरो अाउने खाना नखाने दुधमा हरास अाउने अदि लक्षण हरु देखिएको र काडा प्रकोप भएमा पशु हरु मृत्यु पनि हुने गर्छ।यो भाईरस रोग भएको कारण खासै उपचार नभपनी लक्षण अनुसारको उपचार सम्यमा गरेमा पशु हरु बाचन सक्ने डाक्टर मुरलीधर पाण्डेले जनाएका छन। पशु जिउमा छ्याप छ्यापी देखिएको छ। यस रोगको बारेमा जिल्ला पशु कार्यालय पर्सा बेखवर रहेको देखिन्छ । यस रोगको उपचार नभए पनि रोकथामको लागि भए पनि बिज्ञ केन्द्रको टोलि त्यहाँ पुग्न जरुरी देखिएको स्थानिय पशुपालक किसान हरले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित