Rashtriya Dainik

पहुँच भएका व्यक्तिले मात्र सुविधा पाउने प्रथाको अन्त्य गर्दै सर्वसाधारण नागरिकलाई पनि सुविधा प्राप्त गर्ने:मन्त्री जि.सी

आरपी उपध्याय / नवलपरासी ४ जेठ

गण्डकी प्रदेश सरकारका कृषि भुमि तथा व्यवस्थापन मन्त्री महेन्द्र ध्वज जि.सी. ले त्रिवेणी दुम्किबास सडक निर्माण कार्यमा सबै राजनिती दलका नेता, कार्यकर्ता एक भएर लाग्नुपर्ने बताउनु भएको छ।
मन्त्री जि.सी. ले गण्डकी प्रदेशमा सर्वाधिक चासो र प्राथमिकताको विषय बनेको त्रिवेणी दुम्किबास सडकलाई वर्तमान प्रदेश सरकारको अगुवाइमा नै बनाएर छोड्ने धारणा राख्नु भएको थियो।
विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत रहेको गजेन्द्र मोक्ष धाममा आयोजित भेटघाट तथा अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जि.सी. ले राजनीतिमा पहुँचबाल व्यक्तिले मात्र सुविधा पाउने प्रथाको अन्त्य गर्दै सर्वसाधारण नागरिकलाई पनि सुविधा प्राप्त गर्ने वातावरण बनाउने कार्यमा आफू केन्द्रित रहेको जिकिर गर्नुभयो।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती नवलपुरका सभापती समेत रहनुभएका मन्त्री जि.सी. ले नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले अरुले के गरिरहेका छन भन्दा पनि आफुले के गर्दा पार्टीलाई उर्जा प्राप्त हुन्छ,त्यसतर्फ केन्द्रित रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो।
नेपाली काङ्ग्रेस वडा कार्य समिती वडा न.६ का वडा सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा आयोजित भेटघाट तथा अन्तर्कृया कार्यक्रममा गजेन्द्र मोक्ष धामका स्वामी कृष्ण प्रपन्नाचार्य,वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,नेपाली काङ्ग्रेस वडा न.७ का सभापति विरेन्द्र महत लगायतले विनयी त्रिवेणीको वडा न.६ र ७ मा रहेका समस्याहरु पहाडी खोलाको पानी नियन्त्रण,त्रिवेणी बसपार्कको व्यवस्था, रासायनिक मलको सहज आपूर्ति,सिचाइको व्यवस्था, त्रिवेणी स्थित नारायणी नदीको किनारमा रहेको मसानघाटको व्यवस्थापन गरिनुपर्ने माग सहितको ध्यानाकर्षण गराइएको थियो।
मन्त्री जि.सी. ले त्रिवेणी क्षेत्रमा उठाइएको मागलाई गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गरिने बताउनु भएको कार्यक्रम सञ्चालक प्रकाश कुवरले जानकारी दिनुभएको छ।
मन्त्री जि.सी. ले गण्डकी प्रदेश सरकारले गठन गरेको गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिको कार्यालयको पनि निरीक्षण गरि हालसम्म भएको प्रगतिबारे जानकारी लिनु भएको बुझिएको छ। क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषालले समितिले हालसम्म गरेको विकास निर्माण बारे मन्त्री जि.सी. लाई जानकारी गराउनु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित