Rashtriya Dainik

रिसेप्सन सम्बन्धी तालिम पाल्हिनन्दनमा सुरु

बिनोद निगम / नवलपरासी ०३ असार

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ०१ रमपुरवामा गाउँपालिका स्तरीय रिसेप्सन सीप विकास तालीम सुरु भएको छ ।

विभिन्न ठाउँमा रिसेप्सनको माग भई रहँदा पनि सीप न भएर जागिर खानबाट वञ्चित हुनुपरेकोले रोजगार प्रवर्द्धन सहित किशोरकिशोरीहरुलाई जीवन उपयोगी सीप विकास तालिम अन्तर्गत रिसेप्सन तालिम प्रदान गरिएको सहजीकरण संस्था नेपाल जब लिंक एण्ड ट्रेनिङ सेन्टरका प्रबंधक निर्देशक रंजीत शर्माले बताए ।

४ दिने सम्म सञ्चालन हुने सीप विकास तालिमको उद्घाटन समारोह नेपाल जब लिंक एण्ड ट्रेनिङ सेन्टरका प्रबंधक निर्देशक रंजीत शर्माको‌ अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैंजु प्रसाद गुप्ताको प्रमुख अतिथिमा कार्यक्रम सुरु भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ का अध्यक्ष चुलाही प्रसाद यादव, वार्ड सचिव सम्भु प्रसाद साहनी,सहजकर्ता राहुल गुप्ता लगायतको उपस्थिती रहेको थियो। तालिमको सहजीकरण प्रशिक्षक नेपाल जब अजेन्जीका संचालक रमेश लम्साल,फिउचर जब लिंकका सञ्चालक दीपक पराजुलीले गरेका छन् भने कार्यक्रममा ५० जनाको सहभागिता रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित