आरपी उपध्याय / नवलपरासी ४ जेठ
त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था विनयी त्रिवेणी ६ नवलपुरको आयोजनामा नेपालको संविधानमा महिला अधिकार विषयक अन्तर्कृया ४ दिने तालिम वडा कार्यालयको सभाहलमा सोमबारदेखि प्रारम्भ भएको छ। 
कार्यक्रम संयोजक समेत रहनु भएकी महिला अधिकार मञ्चकी अध्यक्ष दीपा रायमाझीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि विनयी त्रिवेणी वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाहले नेपालको संविधानले प्रदान गरेको हकलाइ सदुपयोग गर्दै अगाडि बढिएमा महिला अधिकार सुनिश्चित गर्न सकिने विचार व्यक्त गर्नुभयो। सो अवसरमा सञ्चारकर्मी आर.पि. उपाध्याय , त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष निर्मला गैरे लगायतले तालिमको सफलताको कामना गर्नुभएको थियो।
विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का ५० को सङ्ख्यामा रहेको महिला सहभागिता तालिमलाई अरुणा चौधरी र मोतिमाया पङ्गेनीले सहजीकरण गर्नुहुने कार्यक्रम सञ्चालक एवं आयोजक संस्थाकी प्रबन्धक रम्भा सिंहले जानकारी दिनुभएको छ।
“सामाजिक न्याय र समाजमा आधारित समाज निर्माणको लागि महिला अधिकार सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तर्कृया तालिम उद्घाटन समारोहमा स्थानिय संघसंस्थाका प्रतिनिधि र जन प्रतिनिधिहरुको पनि उपस्थिति रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

