उत्तमकुमार थापा
जिल्लाकाे बुङगल नगरपालिकामा बुङगलमा जलवायु मैत्री कृषि प्रविधि सम्वन्धि तालिम सम्पन्न भएको छ ।
नगरपालिकामा यु.एम.एन. / एम. डि.टि. बझाङकाे आयाेजनामा बुङ्गल नगरपालिका वडा नम्बर ४,५ र ६ मा दलित सहयाेग समाज द्वारा सन्चालित जलवायु अनुकुलन परियाेजना अन्तर्गत गठन भएको ताल मसानि कृषक समूह डिलखाेचा -४ र भवानि कृषक समूह बगालि-६ का २७ जना सदस्यहरुलाइ २ दिने जलवायु मैत्री कृषि प्रविधि तालिम दिएकाे कर्मचारी लाेकेन्द्र राेकायाले बताए ।

२०८० साल असार ३ र ४ गते सञ्चालन भएको तालिमको प्रशिक्षण प्रशिक्षक पुष्कर मल्लले गर्नु भएको थियाे, तालिममा जलवायु परिवर्तन हुनुमा कृषि प्रणालीकाे पनि भुमिका रहेकाले किसानहरुले कसरी जलवायु मैत्री कृषि प्रविधि अपनाउने भन्ने बारे जानकारि दिनुभएको हाे । नगरपालिका वडा नम्बर ६ कन्या माध्यामिक विद्यालय झापामा सञ्चालन गरिएको तालिमकाे सहजिकरण परियाेजनाका फिल्ड कर्मचारी लोकेन्द्र बहादुर राेकायाले गर्नुभएको थियाे ।
२ दिन सम्म सञ्चालन भएको तालिममा ४ जना पुरुष र २३ जना महिला गरि जम्मा २७ जना कृषक समूह सदस्यहरुकाे सहभागिता रहेकाे थियाे । यसका साथै दिनानुदिन लाेप हुदै गइरहेको रैथाने बालिकाे प्रबर्द्धन किन र कसरी गर्ने भन्ने बिषयमा पनि गहन छलफल गरिएको राेकायाले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

