Rashtriya Dainik

पर्सा प्रहरीद्वारा भन्डारण गरि राखेको १९ लाख रुपैया बराबरको मोबाईल तथा घडीहरु बरामद

वीरगंज ४ आषाढ
पर्सा प्रहरीले भन्सार छली अवैधरुपले ल्याई भन्डारण गरि राखेको मोबाईल तथा विभिन्न ब्रान्डका मोबाईलहरु सहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा वीरगंजको वडा नम्बर ३२ वदननगरका मनोज साहको घरमा रीतपुर्‍याई खानतलासी गर्दा कोठाबाट Apple मोबाईल थान-२,Redmi-थान-७,Oppo थान-९, Vivo-१० थान, One plus-२, Samsung-१३ थान, Realmi-२ थान, Techno-१० थान,Techno Pova-१ थान, Itel-१ थान, Techno Cammon-१ थान, Poco-१ थान गरी जम्मा-५९ थान मोबाईल र Titan घडी-११४ पिस, Sonata घडी-५ पिस, Hilfiger-१२ पिस,Fast Tack-५४ गरी जम्मा-१८५ पिस घडी करिब १९ लाख १४ हजार रुपैया बराबरको बरामद गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
पक्राउ परेका भारतीय पुर्वी चम्पारण बिहारका मनोज कुमारलाई अवैध सामानहरु सहित नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरी उपरीक्षक शाहले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित