Rashtriya Dainik

गण्डकी प्रदेश अन्तर्गतका धार्मिक धरोहरलाइ द्रुतगतिका साथ अगाडि बढाइने : मन्त्री सिंखडा

अारपि उपाध्याय / नवलपरासी , ३ असार

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले गण्डकी प्रदेश अन्तर्गतका धार्मिक धरोहरको विकास निर्माण कार्यलाई द्रुतगतिका साथ अगाडि बढाउदै लैजाने बताउनु भएको छ।

नवलपुर विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ मा रहेका मठमन्दिरहरुको निरीक्षण गर्दै मन्त्री सिंखडाले कानुनी राज्य अनुसार चलेको मुकुकको विकास प्रवर्द्धन पनि विधि सम्मत ढंगले सञ्चालन हुने धारणा राख्नु भएको थियो।

मन्त्री सिंखडालाई गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समिति विनयी त्रिवेणी ६ का अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्य, कार्यकारी निर्देशक झपेन्द्रेस्वर भुषाल सहितका टोलीद्वारा क्षेत्र विकास समितिको कार्यालय त्रिवेणीमा स्वागत गरिएको थियो।

सो अवसरमा कार्यकारी निर्देशक भुषालले क्षेत्र विकास समिती गठन भइ विनयी त्रिवेणी वडा न.६ र ७ मा रहेका मठमन्दिर निर्माण कार्यमा हालसम्मको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो।
गण्डकी प्रदेश सरकारले गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकासका लागि २ करोड ५० लाख रकम छुट्टाएको र सोही अनुसार निर्माण कार्य भैरहेको पनि निर्देशक भुषालले जानकारी गराउनु भयो।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिंखडाले विनयी त्रिवेणी ७ मा रहेको शिवपुरगढी मन्दिर,त्रिवेणी धाममा रहेको शिवालय घाट र मन्दिर, गजेन्द्र मोक्ष दिव्य धाममा रहेको गजेन्द्र मोक्ष भगवान नारायणको मन्दिर, सिसमहल,संस्कृत पाठशाला र गौवन्शको संरक्षणको लागि निर्माण भएको गौशालाको पनि निरीक्षण गर्नुभएको मुक्तिनाठ पिठाधिश स्वामी कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभएको छ। सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्थाको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित