अारपि उपाध्याय / नवलपरासी , ३ असार
नेपाल आदिवासी जानजाती महासंघ विनयी त्रिवेणी गाउँपालिका समन्वय समितिको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि ५ दिने तालिम विनयी त्रिवेणीकै शिवपुरगढीमा एक कार्यक्रमका बिच आइतबार सुभारम्भ गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ विनयी त्रिवेणी ६ र ७ का अध्यक्ष पदम बहादुर रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समितिका उपाध्यक्ष रिम बहादुर दरैले हाल सुस्त अवस्थामा रहेको आदिवासी जनजातिलाई अझ बढी कृयाशिल बनाउन तालिम पुर्ण रूपमा फलदायी हुने धारणा राख्नुभएको थियो।

कार्यक्रममा नेपाल मगर संघ गन्डकी प्रदेश सदस्य सिंह बहादुर थापा, विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का निवर्तमान वडाध्यक्ष प्रीतम बहादुर गुरुङ, समाजसेवी भागिरथा घर्तिमगर, भगवती सारु मगर लगायतले ५ दिनसम्म चल्ने तालिमको पुर्ण सफलताको कामना गर्नुभएको आयोजकले जानकारी दिएको छ।
आदिवासी जनजाति महासंघ विनयी त्रिवेणी वडा न.६ र ७ समन्वय समितिकी उपाध्यक्ष रुपा थापा मगरको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई नन्द कुमारी गुरुङले सञ्चालन गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

