Rashtriya Dainik

देशभर बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि स्लो बाइक रेस प्रतियोगिता

काठमाडौं ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा स्लो राइड लंग लाइफ भन्ने मुल नाराका साथ देशभर बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि स्लो बाइक रेस प्रतियोगिता हाडिगाउँ भट्केको पुलमा शनिबार सम्पन्न भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष क्षितिज थेबे कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिमा नेकपा एमाले पोलिटब्यूरो सदस्य रामेश्वर फुयाल लगायतको उपस्थिति रहेको थियो ।

आयोजक कमिति सदस्य तथा नेकपा एमाले काठमाडौं महानगरपालिका सम्पदा विभाग सचिव सुमित दास रन्जितकारले विदेशिएका युवाहरुलाई स्वदेशमै स्वास्थ्य, शिक्षाकाे निः शुल्क तथा रोजगारीको राम्रो ब्यवस्था गरि युवाहरूलाइ स्वदेश फर्किने वातावरण बनाउन पहल गर्न वर्तमान सरकारलाई मेरो विदेशीयका युवा साथी कविता मार्फत कटाक्ष गरेका थिए ।

सो प्रतियोगितामा १८० जनाले प्रतिस्पर्धामा सहभागिता जनाएकोमा राजकुमार कार्कीले ३२ हजार नगद सहित प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने द्वितियमा सुजार तामाङले २० हजार र तृतियमा चन्द्रमान श्रेष्ठले नगद १० हजार पुरस्कार पाएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित